काठमाडौं–८ मा 'घण्टी'का विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्।

मतगणना अनुसार श्रेष्ठले १० हजार १०५ मत ल्याएर विजयी भएका हुन्। निर्वाचन कार्यालयले घोषणा गर्न भने बाँकी छ।

यस्तै, हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका छन्। 

नेकपा (एकीकृत समाजवादी) जीवनराम श्रेष्ठ ४ हजार ८७७ मतमा खुम्चिएका छन्। श्रेष्ठ वर्तमान पर्यटनमन्त्री हुन्।

प्रकाशित मिति: : 2022-11-23 04:55:00

प्रतिकृया दिनुहोस्