दाङमा गठबन्धनको अग्रता कायमै, एमाले पछ्याउँदै 

दाङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य दुबैमा निरन्तर गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन्। तीन वटा प्रतिनिधि र छ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा सबै ठाउँमा गठबन्धनका उम्मेदवारले अग्रता लिइएका हुन्। 

उनीहरुलाई एमालेका उम्मेदवारहरूले पछ्याइरहेका छन्। विहान ७ बजेको मत परिणाम अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ १४ हजार ४१ मत गणना भएको छ। 

जसमा गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकिकृत समाजवादीका नेता मेटमणि चौधरीले ५ हजार १२४ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेकी नेतृ शान्ता चौधरीले ३ हजार ७१० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठक २ हजार ८८६ मत प्राप्त गरेका छन्। 

यस्तै क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा १३ हजार १६० मत गणना भएको छ। गणना भएको मत परिणामअनुसार गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका इन्द्रजित थारुले ४ हजार ४५२ र एमालेका उम्मेदवार गंगाराम भट्टराईले ४ हजार १७५ प्राप्त गरेका छन्। 

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ तर्फ १३ हजार ८९२ मत गणना भएको छ। जसमा गठबन्धनबाट उम्मेदवार रहेका काँग्रेसका अनुराग खड्काले ५ हजार ५३४ मत प्राप्त गरेका छन् भने एमालेका कुलबहादुर केसीले ५ हजार ३८६ मत प्राप्त गरेका छन्। 

शंकर पोखरेलको सुध्रिएन मत परिणाम

यस्तै चासोका साथ हेरिएको दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका महासचिव शंकर पाखरेलाई गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेतृ रेखा शर्माले निरन्तर पछि पारेकी छिन्। मत गणनाको सुरुवातिदेखि नै रेखाले अग्रता लिइरहेकी छिन्। 

सुरुमा बंगलाचुली गाउँपालिका, घोराहीको १९ र १५ नम्बर वडामा मत गणाना भएको थियो। यहाँ गठबन्धनको राम्रो मत प्राप्त हुने ठाउँका रुपमा हेरिन्थ्यो। जसअनुसार रेखालाई मत आएको गठबन्धनको आँकलन थियो।

यद्यपी अहिले पोखरेलेको गृह क्षेत्र तुलसीपुर १९ को मत गणना हुँदा पनि पोखरेलको मत सुध्रन सकेको छैन। अझै पनि एमालेले वडा नम्बर १४, १८, १६ लगायत वडामा मत गणना हुँदा शंकरले लिड गर्ने आश गरिरहेको छ। 

विहान ७ बजेसम्म क्षेत्र नम्बर २ मा ३५ हजार ३६० मत गणना भइसकेको छ। जसमा शर्माले १३ हजार २०४ र पोखरेलले ११ हजार ५८८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले ६ हजार १५० मत प्राप्त गरेका छन्। 

यस्तै निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ तर्फ २९ हजार ३५८ गणना भएको छ। जसमा काँग्रेसका उम्मेदवार राजु खनालले १२ हजार ९७१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बलिभद्र रानाले ११ हजार १२६ मत प्राप्त गरेका छन्। 

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ तर्फ १६ हजार २५६ मत गणना हुँदा काँग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेले ६ हजार ८७० र एमालेका उम्मेदवार गिरिराज केसीले ६ हजार ४६२ मत प्राप्त गरेका छन्। 

३ मा मतान्तर बढाउँदै गिरि

दाङको निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवार रहेका काँग्रेस नेता दिपक गिरिले मतान्तर बढाउँदै लगेका छन्। मतगणनाको सुरुको चरणमा एमालेबाट उम्मेदवार रहेकी कोमल वलीले अग्रता लिएक थिइन। 

तर पछि गिरिले पछि पार्दै अहिले मतान्तर बढाउँदै लगेका छन्। विहान ७ बजेसम्म २० हजार ४८७ मत गणना हुँदा गिरि र वलीबीचको मतान्तर १ हजार ७८३ रहेको छ। गिरीले ८ हजार ४३५ र वलीले ६ हजार ६५२ मत प्राप्त गरेका छन्। 

यसैगरी क्षेत्र नम्बर ३ को प्रदेशसभा १ तर्फ १९ हजार ९७८ मत गणना हुँदा कांग्रेसका उम्मेदवार डिल्ली चौधरीले ९ हजार ७२० र एमालेका उम्मेदवार घनश्याम पाण्डेले ७ हजार २७२ मत प्राप्त गरेका छन्। 

क्षेत्र नम्बर ३ को प्रदेशसभा २ तर्फ २७ हजार ३१ मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर मास्कीले ११ हजार ९१६ र एमालेका उम्मेदवार हुकम बहादुर बस्नेतले १० हाजार ९३४ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-11-23 08:05:00

प्रतिकृया दिनुहोस्