शंकर पोखरेलको सुध्रिएन मत परिणाम, 'काेर एरिया' कुर्दै

दाङ–२ मा एमालेका महासचिव शंकर पाखरेलाई गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेतृ रेखा शर्माले निरन्तर पछि पारेकी छिन्। मत गणनाको सुरुवातिदेखि नै रेखाले अग्रता लिइरहेकी छिन्। 

सुरुमा बंगलाचुली गाउँपालिका, घोराहीको १९ र १५ नम्बर वडामा मत गणाना भएको थियो। यहाँ गठबन्धनको राम्रो मत प्राप्त हुने ठाउँका रुपमा हेरिन्थ्यो। जसअनुसार रेखालाई मत आएको गठबन्धनको आँकलन थियो।

यद्यपी अहिले पोखरेलेको गृह क्षेत्र तुलसीपुर १९ को मत गणना हुँदा पनि पोखरेलको मत सुध्रन सकेको छैन। अझै पनि एमालेले वडा नम्बर १४, १८, १६ लगायत वडामा मत गणना हुँदा शंकरले लिड गर्ने आश गरिरहेको छ। 

विहान ७ बजेसम्म क्षेत्र नम्बर २ मा ३५ हजार ३६० मत गणना भइसकेको छ। जसमा शर्माले १३ हजार २०४ र पोखरेलले ११ हजार ५८८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले ६ हजार १५० मत प्राप्त गरेका छन्। 

यस्तै निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ तर्फ २९ हजार ३५८ गणना भएको छ। जसमा काँग्रेसका उम्मेदवार राजु खनालले १२ हजार ९७१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बलिभद्र रानाले ११ हजार १२६ मत प्राप्त गरेका छन्। 

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ तर्फ १६ हजार २५६ मत गणना हुँदा काँग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेले ६ हजार ८७० र एमालेका उम्मेदवार गिरिराज केसीले ६ हजार ४६२ मत प्राप्त गरेका छन्। 

प्रकाशित मिति: : 2022-11-23 08:08:00

प्रतिकृया दिनुहोस्