इलामका दुवै क्षेत्रमा एमालेको अग्रता, पछ्याउँदै गठबन्धन

File Photo
File Photo

नेकपा एमालेले इलामका दुवै संघीय निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ।

क्षेत्र नम्बर १ मा एमालेले सुरुवाती चरणबाट अग्रता कायम गरेपछि क्षेत्र नमबर २ मा अग्रता बनाउन सकेको थिएन। अहिले २ मा पनि एमालेले अग्रता कायम गरेको छ।

इलाम १ मा एमालेका महेश बस्नेत अग्रस्थानमा छन्। उनले १० हजार २८७ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले ८ हजार ७८० मत ल्याएका छन्।

क्षेत्र नम्बर २ मा एमालेका सुवासचन्द्र नेम्वाङले अग्रता बनाएका छन्। उनले ८ हजार २९६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार ६९९ मत ल्याएका छन्।

यस्तै १ को प्रदेश (१) मा नेकपा एकीकृत समाजवादीकी खिनु लङ्वाले ५०५७ र एमालेकी शोभा पराजुलीले ४४०२ मत ल्याएकी छिन्। १(२) मा नेपाली कांग्रेसका शम्शेर राईले ५६४६ र एमालेका दिपककुमार थेवेले ५४५१ मत ल्याएका छन्।

क्षेत्र नम्बर २ को प्रदेश (१) मा मतगणना भएको छैन। २(२) मा एमालेका रामबहादुर रानाले अग्रता बनाएका छन्। उनले ७६३४ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका हर्कबहादुर लावतीले ६४६५ मत ल्याएका छन्।

प्रकाशित मिति: : 2022-11-23 11:23:00

प्रतिकृया दिनुहोस्