रुकुम (पूर्व)मा माओवादीका पूर्णबहादुर घर्ती मगर अत्याधिक मतले विजयी

बिएल संवाददाता

रूकुम (पूर्व)

रुकुम (पूर्व)बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्ती मगर विजयी भएका छन्।

प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार कैलाशकुमार मल्लमाथि फराकिलो मतान्तरले गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका माओवादीका घर्तीले विजयी हासिल गरेका हुन्।

विजयी घर्तिले १२ हजार २ सय ६२ मत प्राप्त गरेका छन। त्यस्तै एमालेका कैलाश कुमार मल्लले ५ हजार २ सय ११ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए।

उनकाअनुसार स्वतन्त्र उम्मेदवार चन्द्रराज झाक्रीले ८ सय ९६ मत प्राप्त गर्दा नेसनल मंगोल अर्गनाइजेसन पार्टिका रतन बुढाले ४ सय ६४ र राप्रपाका खिमबहादुर खत्रीले ५ सय ८६ मत प्राप्त गरेका छन।

यस्तै नेस्नालिस्ट पिपल्ल्स पार्टीका बलबहादुर बुढाले ३ सय ३ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-11-23 14:06:00

प्रतिकृया दिनुहोस्