सर्लाही–१ मा लोसपाका चौधरीको अग्रता

प्रतिनिधिसभातर्फ सर्लाही १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार रामप्रकाश चौधरीले अग्रता कायम गरेका छन्। 

उनले स्वतन्त्र उम्मेदवार मनबहादुर खड्कालाई १२ सय ९८ मतले पछि पारेका छन्।

पछिल्लो मतपरिणामअनुसार चौधरीले १० हजार ६ सय ८९ मत ल्याएका छन् भने खड्काले नौ हजार तीन सय ९१ मत प्राप्त गरेका छन्। यस्तै, जनता समाजवादी पार्टीका प्रमोद साहले पाँच हजार सात सय ६४ मत प्राप्त गरेका छन्। 

प्रकाशित मिति: : 2022-11-23 14:36:00

प्रतिकृया दिनुहोस्