गुल्मी–२ प्रदेश सभा (क) मा एमालेका डिल्लीराज भुसाल विजयी

गुल्मी जिल्लाको क्षेत्र नम्बर–२ को प्रदेश सभा (क) मा नेकपा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन्। 

भुसालले १४९३० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३८८०मत ल्याएर पराजित भएका छन्। 

भुसालले श्रेष्ठलाई १०५० मतान्तरले विजयी भएका हुन्। यस प्रदेश सभामा उम्मेदवार बनेका भुसाल र श्रेष्ठ २५ वर्ष अघिकै प्रतिस्पर्धी हुन्। 

तत्कालीन तम्घास गाविसको अध्यक्ष पदका लागी २०५४ सालमा सम्पन्न स्थानिय निकाय निर्वाचन गाविस अध्यक्ष पदमा भुसाल र श्रेष्ठ बिच प्रतिस्पर्धा भएको थियो। 

त्यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसबाट श्रेष्ठ र एमालेबाट भुसाल बिच प्रतिस्पर्धा भएको थियो।

०५४ सालको निर्वाचनमा त्यतिबेलाको गाविस अध्यक्षमा कांग्रेसका श्रेष्ठ निर्वाचित भएका थिए। 

०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा भने एमालेका भुसाल निर्वाचत भएका थिए।

यसपटक पनि प्रदेश सभामा भुसाल बिजयी भएका छन्। दुबै जना रेसुङ्गा नगरपालिका वडानम्बर–१ तम्घास निवासी हुन्।

प्रकाशित मिति: : 2022-11-23 15:56:00

प्रतिकृया दिनुहोस्