कोमल वलीलाई २४ सय मतले पछि पार्दै दीपक गिरीको अग्रता

File Photo
File Photo

दाङ ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दीपक गिरीले अग्रता कायम गरिरहेका छन्।

उनले निकटतम प्रतिस्पर्धी एमालेकी नेतृ कोमल वलीलाई २४ सय ३३ मतले पछि पारेका छन्।

प्राप्त पछिल्लो मत परिणामअनुसार २७ हजार ५५ मत गणना हुँदा गिरीको ११ हजार दुई सय चार मत आएको छ भने वलीको आठ हजार सात सय ७१ मत छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले चार हजार तीन सय ५० मत ल्याएका छन्। 

प्रकाशित मिति: : 2022-11-23 16:09:00

प्रतिकृया दिनुहोस्