बागलुङबाट माओवादीका देवेन्द्र पौडेल विजयी

फाइल तस्विर
फाइल तस्विर

बागलुङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन्।

पौडेल २४ हजार ७७९ मतसहित निर्वाचित भएका हुन्। पौडेलका निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु शर्माले २० हजार १८० मत प्राप्त गरिन्।

पौडेल र शर्माको मतान्तर ४ हजार ५९९ रहेको छ। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री २ हजार ३२५ मत प्राप्त गर्दै तेस्रो स्थान बनाउन सफल भइन्।

प्रकाशित मिति: : 2022-11-23 16:39:00

प्रतिकृया दिनुहोस्