डाेल्पामा निर्वाचन सकिएको चार दिनपछि मतगणना सुरु

File Photo
File Photo

हिमाली जिल्ला डाेल्पामा निर्वाचन सकिएकाे चार दिनपछि ५ बजेर ३० मिनेट जाँदा मतगणना सुरु भएकाे छ।

बुधबारमात्र जिल्लाका ६८ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुर्‍याएसँगै मतगणना सुरु भएकाे हाे।

अहिले ठुलिभेरी नगरपालिका १ र २ काे मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ।

दिनरात निरन्तर मतगणनाहुने भएकाले जतिसक्दो छिटाे नतिजा निकालिने बताइएको छ।

डाेल्पामा रहेका कुल २२ हजार ७ सय ७४ मतदातामा १७ हजार ८ सय ३४ मत खसेकाे थियाे। डाेल्पामा एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र र दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ।

प्रकाशित मिति: : 2022-11-23 17:42:00

प्रतिकृया दिनुहोस्