प्युठानमा एमालेका सूर्य थापा विजयी

File Photo
File Photo

एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित भएका छन्। थापाले सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरसहित थापा निर्वाचित भएका हुन्।

थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत पाइन् । थापा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन्। यो क्षेत्रमा २०७४ मा पौडेलले जितेकी थिइन्।

प्रकाशित मिति: : 2022-11-24 06:15:00

प्रतिकृया दिनुहोस्