दाङ–३: प्रदेशसभा २ मा माओवादीका मास्की विजयी

File Photo
File Photo

दाङ निर्वाचन  क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा माओवादी केन्द्रका धनबहादुर मास्की (राजेश) विजयी भएका छन्।

गठबन्धनका उम्मेदवार मास्कीले २२ हजार ३  सय २१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका हुकुम बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गरेका छन्। मास्की र बस्नेतबिच २ हजार १ सय ६१ मतान्तर छ।

यद्यपि औपचारिक रुपमा बिजयी घोषणा हुन भने बाँकी छ।

प्रकाशित मिति: : 2022-11-24 07:13:00

प्रतिकृया दिनुहोस्