मोरङ ५(२) मा कांग्रेसका अमृत अर्याल विजयी

File Photo
File Photo

मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका अमृतकुमार अर्याल विजयी भएका छन्। जनता समाजवादी पार्टी (जसपा) का जयराम यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै अर्याल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

अर्यालले यादवको भन्दा ५ हजार २७८ बढी मत ल्याएर विजयी भएका हुन्। उनले १६ हजार १०२ मत ल्याउँदा यादवले १० हजार ८२४ मत ल्याए। 

जयराम यादव २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए। उनले प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

प्रकाशित मिति: : 2022-11-24 10:12:00

प्रतिकृया दिनुहोस्