कपिलवस्तु-१ मा एमालेका बलराम अधिकारी विजयी

फाइल तस्बिर
फाइल तस्बिर

कपिलवस्तु निर्वाचन क्षेत्र-१ मा प्रतिनिधिसभामा नेकपा एमालेका उम्‍मेदवार बलराम अधिकारी विजयी भएका छन्।

माओवादी केन्द्रका उम्‍मेदवार चक्रपाणि खनाललाई १८ हजार ४२९ मतान्तरले हराउँदै उनी विजयी भएका हुन्।

बलरामले ३६ हजार ६१९५ मत पाउँदा उनका प्रतिस्पर्धी खनालले १८ हजार १९० मत मात्र ल्‍याएका छन्।

यस्तै जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले ८ हजार ३९३ मत, नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारूले ५ हजार ६३६ मत ल्‍याए।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर रायमाझीले ४ हजार २२३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्जू सिंह विष्टले ३ हजार १६३ मत पाएकी छन्। 


 

प्रकाशित मिति: : 2022-11-24 21:14:00

प्रतिकृया दिनुहोस्