मोरङ ४ मा माओवादीका मोदी विजयी

माओवादी केन्द्रका अमनलाल मोदी मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा  विजयी भएका छन् । उनले ६ हजार १४९ मतान्तरले एमालेका विनोदकुमार ढकाललाई पराजित गरेका हुन् । 

मोदीले ३० हजार ६१२ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी ढकालले २४ हजार ४६३ मत प्राप्त गरे ।

मोदी यसअघि यही क्षेत्रका सांसद थिए ।

यो जितसँगै माओवादीले विजयी प्रतिनिधिसभा सदस्यको संख्या  ११ पुर्याएको छ । 

संसदीय यात्रामा जीतको ह्याट्रिक गरेका मोदीका निकटतम प्रतिद्वन्द्वी ढकालले हारमा ह्याट्रिक गरेका छन् । 

प्रकाशित मिति: : 2022-11-25 04:18:00

प्रतिकृया दिनुहोस्