ओलीलाई आफ्नै बोली बन्दुकको गोली

उमेश थापा

काठमाडौं

चुनावअघि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे पार्टीले प्रतिनिधि सभा सदस्य र सामानुपातिक गरेर एमालेको बहुमत आउँछ भनेर सान्दार भाषण ठाेक्थे।

एमालेले गत स्थानीय तहकाे चुनावमा पनि राम्रोसँग हार व्यहार्नु परेको थियो तर ओली आफ्नाे पार्टीको मत अरु पार्टीभन्दा धेरै आएको भन्दै चित्त बुझाए।

स्थानीय चुनावमा पनि ओलीले आफूसँग नजिक भएकाहरुलाई अगाडि सारेको पनि आरोप लागेकाे थियाे। उनको अगाडि कोही पनि बोल्न सक्दैनन्। त्यो हामीले यही प्रतिनिधि सभा सदस्य र सामानुपातिक उम्मेदवारीहरुलाई हेरे पुग्छ।

ओलीले आफ्नाे क्षेत्रमा जित्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग हात मिलाए। उनले अहिले आफ्नाे क्षेत्रबाट लोकप्रिय मत लिएर जित हासिल गरिसकेका छन्।

उनको निकै नजिक मानिने महेश बस्नेत भक्तपुर क्षेत्र नं. २ बाट हारिसकेका छन्।

जहिले पनि आफ्नै कुरालाई मात्रै महत्व दिने र अरुकाे कुरा नसुन्ने ओलीकाे बानीले आफैंलाई अप्ठ्याराेमा पारकाे छ। उनले चुनाव आउनुभन्दा अगाडि धेरै क्षेत्रको सभा र टेलिभिजनहरुमा हाम्रो बहुमत आउँछ भनेर एमालेका कार्यकर्ता र जनताहरुलाई भ्रममा राख्ने काम राम्रोसँग गरेका थिए।

ओलीको टिकट बाँड्ने शैली पनि ठिक भएन किनभने आफ्नाे गाली सहनेलाई माया नत्र हेला गर्छन्।

चुनाव आउनभन्दा अगाडि उनले दश भाइलाई कारबाही गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपामा तत्कालीन माधव नेपाल खेमाका १० जना नेतालाई आत्मालोचना गराएर मात्रै टिकट दिने तयारी गरेको एमाले वृत्त निकै चर्चा चल्यो।

१० भाइकाे सूचीमा भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द पाण्डे, रघुजी पन्त, भीम आचार्य, यागेश भट्टराई, युवाराज ज्ञवाली, गणेश पहाडी, प्रभु शाह, दीपक भट्ट रहेका छन्।

१० बुँदे पक्षधर भनिने ती नेताहरुमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली टिकटको दौडबाट आफैँ बाहिरिएका थिएका भने बाँकी सबै आ–आफ्नो क्षेत्रबाट सिफारिस भएका थिए।

सिफारिसमा परे पनि भिम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गणेश पहाडी, दीपक भट्टहरुले टिकट पाएनन्। अरु नेताहरुले भने ओलीसँग माफी नै मागेर टिकट हात पार्न सफल भए। र, योगेश भट्टराई र गोकर्ण विष्टले जित पनि हात पारे।

टिकट नपाउने नेताहरु कोहीले उम्मेदवारी नै दिएनन् भने कोही स्वतन्त्र उम्मेदवार बने। यसले गर्दा पनि एमालेको सिट खुम्चिन पुगेकाे हाे।

यो लेख तयार गर्दसम्म नेकपा (एमाले)ले प्रतिनिधि सभा सदस्यमा १२ ठाउँमा जित हासिल गरेको छ भने ४७ ठाउँमा एमालेको अग्रता कायम छ। यो हो भने एमाले अध्यक्ष ओलीले आउँछ भनेकाे सय सिट कहाँबाट आउँछ ? एपिआवन टेलिभिजनको कार्यक्रम केपी शर्मा ओलीले पत्रकार टिकाराम यात्रीसँग कुरा गर्दा हाम्रो बहुमत ढुक्क छ भनेका थिए।

पत्रकार यात्रीले प्रतिनिधि सभा सदस्यमा तपाईंले भनेको सय सिटमा पच्चास घट्यो भने ? भनेर साेध्न खोज्दा अलि रिसाएका थिए, ओली। अहिले मत गणना हेर्दा एमाले अध्यक्ष ओलीले बोलेकोभन्दा निकै कम आँउछ।

ओलीले कसरी आंकलन गरेका थिए। उनको आंकलनले गर्दा सिंगाे पार्टीलाई नै अप्ठ्याराेमा पारेका छ। काठमाडौंमा १० वटा क्षेत्र छन् तर एमालेले जित्न सक्यो १ सिट। अरु क्षेत्रहरुमा पनि यस्तै स्थिति छ, एमालेको।

याेग्य उम्मेदवार नभएको कि आफ्नाेलाई टिकट वितरणमा घमण्ड गर्नेलाई नो टिकट गरेर पनि यस्तो भएको देख्न सकिन्छ। पार्टी प्रवेश गरेको छोटो समयमा नै सर्वेन्द्र खनाललाई एमालेले टिकट दिन मिल्ने २५ वर्ष पार्टीबाट संघर्ष गर्नेलाई टिकट नदिने कस्तो शौली ओली को ?

अब एमालेले बहुमत आउँछ भन्नु बालुवामा पानी हालेको जस्तो हो। अब अध्यक्ष ओलीले आफैंले बोलेको कुरालाई कसरी प्रष्ट पार्छन्। आफ्नाे बोली ओलीलाई बन्दुकको गोली भएको छ।

अब पनि ओलीले पार्टीमा घमण्ड देखाउने र आफैंमात्र चलाउने हो भने कोही पनि हुँदैनन्, एमालेमा।

अध्यक्ष ओलीले निकै संघर्ष गरेका छन् तर उनको चयन नै मिलेन। त्यसको भागेदार उम्मेदवारहरु परेका छन्। जहाँ सही उम्मेदवारलाई दिनुपर्ने त्यहाँ दिएको छैन। बरु नयाँ अनुहार लिएर उठाइदिएका छन्। यसले गर्दा पनि एमालेको बहुमत आउँदैन। बालकोटमा बोलाएर टिकट दिएका सबै नेताहरुले जिते पो बहुमत आँउछ त। कि बालकोटमा मात्र बहुमत आएको हो ?

प्रकाशित मिति: : 2022-11-25 12:01:00

प्रतिकृया दिनुहोस्