तेह्रथुम– १ मा कांग्रेस नेत्री गुरुङ विजयी

तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।

तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार रहेका थिए।

मञ्चका विष्णुकुमार चोङवाङ सात सय २३ मत प्राप्त गरी तेस्रो भए।

प्रकाशित मिति: : 2022-11-26 06:21:00

प्रतिकृया दिनुहोस्