रामेछापमा कांग्रेसका तामाङ निर्वाचित

रामेछापमा प्रतिनिधि सभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन्।

तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन्। तामाङले ४७ हजार ९८ मत प्राप्त  गर्दा ढुंगेलले ३० हजार ७२९ मतमा सीमित भए।

तामाङ ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। तर, पराजित भएका थिए।

प्रकाशित मिति: : 2022-11-27 08:38:00

प्रतिकृया दिनुहोस्