म पनि प्रधानमन्त्रीका लागि तयार छु: किशोर सिंह राठौर

नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य चुनिएका किशोर सिंह राठौरले आफू पनि प्रधानमन्त्रीका लागी सक्षम र तयार रहेको बताएका छन्।

बाँकेमा सोमबार पत्रकारसँग कुरा गर्दै राठौरले पार्टी कार्यकर्ताले महामन्त्री गगन थापालाई संगठन बनाउनका लागि मत दिएको विर्सन नहुने बताउँदै  प्रधानमन्त्रीको दाबी पाँच वर्षपछि गर्न सुझाव दिएका छन्। ‘क्लिएर कुरा त के हो भने पार्टी कार्यकर्ताले महामन्त्रीलाई संगठन बनाउनका लागी मत दिएको विर्सनुहुँदैन। प्रधानमन्त्रीको दावी भन्दा उहाँले ५ वर्ष पार्टी संगठन गर्नुपर्छ,’ राठौरले भने।

प्रतिनिधि सभा सदस्य चुनिएका राठौरले देशमा चलिरहेको सशस्त्र द्घन्द्घ अन्त्य गर्ने उदेश्यले शान्ति प्रक्रिया सँगै शुरु भएको नेपालको लोकतान्त्रिक आन्दोलनका केही मुख्य राजनीतिक दलहरुबीच सहकार्यको ऐतिहांसिकताको महत्व स्मरण गर्नु पर्ने भन्दै ०४६ सालको जनआन्दोलनमा भएको सहकार्य लाई लोकतन्त्रको जगका रुपमा लिनुपर्ने समेत बताएका छन्।

वि.सं. ०६२–०६३ सालको दोश्रो जनआन्दोल, पहिलो संविधान सभाको निर्वाचन,गणतन्त्रको घोषणा र दोश्रो संविधान सभा बाट संविधान जारी गर्दा देखि संविधानको कार्यान्वयन सम्म आईपुग्दा नेपालका राजनीतिक दलहरुको आपसी समझदारीलाई एक महत्वपुर्ण कडीका रुपमा लिनुपर्ने भन्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राठौरले संसदको आयु छँदै तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारबाट भएको पटक–पटक संसद भगं गर्ने असंवैधानिक कदमका विरुद्ध मुख्य राजनीतिक दलहरु बीच फेरी सहकार्य सुरु गर्नु परेको थप प्रष्ट पारेका हुन्।

बाम–लोकतान्त्रिक गठबन्धनको औचित्यका विषयमा राठौरले भने, ‘संविधानको रक्षार्थ जनतामाझ हाम्रा मुद्दा अनुमोदनका लागी गठबन्धन सहित चुनावमा गएका हौं।’ निर्वाचन पछिको मतपरिणाम सँगै देशमा विकसित भइरहेको राजनीतिक घट्नाक्रमको सहि ढंगले विश्लेषण गर्दै देशको सर्वोपरी हितमा राजनीतिक दलहरुले निर्णय लिन सक्नुपर्ने बेला आएको राठौरको भनाइ छ। 

नेपाली कांग्रेसले देशको सर्वागिंन विकाससँगै जनताका हक र अधिकारको सुरक्षा हुनेगरी विभिन्न पक्षसँग सहकार्य गरेर अघि बढ्नुपर्ने भन्दै राठौरले गरिमामय सार्वभौम संसदको संसदीय विधि र प्रक्रियाको पालना गरी नयाँ सरकार निर्माणको पहलकदमी कांग्रेसले नै लिनु पर्ने राजनीतिक आवश्यकता रहेको समेत बताएका छन्।

प्रकाशित मिति: : 2022-11-28 19:15:00

प्रतिकृया दिनुहोस्