चुनावी वाचा पूरा गर्दै सांसद बुढा: हेलिकप्टर चढाएर डाेल्पा पठाए अध्ययन टाेली

BreaknLinks
BreaknLinks

डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढाले चुनाव सकिएको एक साता नबित्दै चुनावी वाचा पूरा गर्न थालेका छन्।

चुनावी अभियानका क्रममा जनतासँग काम गर्ने वाचा गरेका जिल्लाका तीन जोखिमयुक्त क्षेत्रको सम्भाव्यता अध्ययन गर्न काठमाडाेँबाट जलस्रोत तथा सिँचाइ विभागको टोली पठाएका छन्।

उप– महानिर्देशक सञ्जिव बरालसहितको पाँच जनाको टोलीलाई आफ्नै हेलिकप्टरमा डोल्पा पुर्‍याएर त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने दलित बस्ती, त्रिपुराकोट बजार क्षेत्र र सदरमुकाम दुनैको सम्भाव्यता अध्ययन गराएका हुन्।

डोल्पामा चार दिन बसेर दुनै र त्रिपुराकोटको सम्भाव्यता अध्ययन गरिएको जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजन इन्जिनियर मुकेश पाठकले जानकारी दिए।

अध्ययन गरिएका क्षेत्रहरु साँच्चिकै बाढी र पहिरोको जोखिममा रहेकाले सोही अनुसार विभागमा रिर्पोटिङ गर्ने समेत पाठकले बताए।

आफूहरुले अध्ययन मात्र गर्ने भएकाले बजेट कहाँबाट कसरी व्यवस्थापन गर्ने दायित्व जनप्रतिनिधिकै हुने उनको भनाइ छ।

यी क्षेत्रहरु बढी र पहिराको उच्च जोखिममा रहेकाले पछि हुने धनजनको क्षतिलाई न्यूनिकरण गर्न अहिले नै आफ्नै हेलिकप्टरमा सिँचाइ विभागको टोली पठाएर अध्ययनगर्न लगाएको सांसद बुढाले बताए।

‘चुनावका दौरानमा गाउँ–गाउँ पुग्दा जनताले माग राखेका थिए, अहिले तिनै काममा लागेको छु। त्रिपुराकोट दलित बस्ती र बगर बजार अत्यन्तै जोखिममा छ। अहिले सम्भाव्यता अध्ययन गरिएको छ, लगत्तै बजेट व्यवस्थापनका लागि पहल गर्छु,’ बुढाले भने।

‘दुनै बचाउ अभियानले जसरी दुनै बजार सुरक्षित भएको छ, त्यसैगरी त्रिपुराकोट बजार र दलित बस्ती जोगाउनकालागि विशेष पहल चाल्छु,’ उनले थपे।

डोल्पाली जतनाले तेस्रो कार्यकलसम्म अत्याधिक मत दिएर जितएकाले अब हरेक जनताका समस्या संसदमा उठाएर समाधानका लागि पहल गर्ने बताए।

अब आफ्नो पहिलो काम भेरी करिडोर स्तरउन्नती गर्ने भएकाले कालोपत्रे र बिच बिचमा पक्कीपुल निर्माणका लागि पहल भइरहेको उनले बताए।

भेरी करिडोर स्तरउन्नतीका लागि यसैवर्ष कार्यन्वयन हुने गरी तीन अर्व बजेटको स्रोत सुनिश्चित भएर पनि टेण्डरको प्रक्रियामा गइसकेको सांसद बुढाले बताए।

प्रकाशित मिति: : 2022-11-29 12:35:00

प्रतिकृया दिनुहोस्