डाेल्पामा भु-तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना

हिमाली जिल्ला डाेल्पामा भु-तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना भएको छ।

यसअघि कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा रहेकाे उक्त कार्यालय सदरमुकाम दुनैमा शनिबार स्थापना भएको हाे। अहिले सम्पर्क कार्यालयकाे रुपमा खाेलिएकाले याेजनाकाे सम्झौता,अनुगमन, निवेदन संकलन लगायतका कामहुने कार्यालय प्रमुख हिमालय साउदले जानकारी दिए। यस कार्यालयबाट भुक्षय नियन्त्रण,पानीका मुहान संरक्षण, तटबन्ध,पहिराे राेकथाम लगायतका कामहुने उनले बताए।

याेजनाकाे अन्तिम भुक्तानीकालागि जुम्लानै जानुपर्ने भएपनि निकट भविष्यमा भुक्तानी पनि जिल्लाबाटैहुने साउदकाे भनाई छ। अहिले कार्यालय प्रमुख सहित दुईजना कर्मचारी रहने बताइएको छ। कर्णालीका डाेल्पा,हुम्ला र रुकुम पश्चिममा कार्यालय स्थापना गर्ने मन्त्रालयले यसअघि नै निर्णय गरेकाे उद्योग कर्णाली सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिरबहादुर शाहीले बताए। 

संघियताकाे मर्म भावनाहरु जनताले घर आँगनबाटै याेजना सम्झौता,भुक्तानी लगायतका सेवा सुविधा पाउनुपर्छ भन्ने ध्यय अनुसार तीन जिल्लामा कार्यालय खाेल्ने निर्णय गरेको उनले बताए। अब बस्ने मन्त्री परिषद्काे निर्णयबाट भुक्तानीसम्मकाे काम जिल्ला कार्यालयबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउने उनले बताए।

प्रकाशित मिति: : 2022-12-10 11:19:00

प्रतिकृया दिनुहोस्