डाेल्पाका दुई विद्यालयमा दातृ निकायले गरेका कामकाे संयुक्त अनुगमन !

हिमाली जिल्ला डाेल्पाका दुई विद्यालयमा दातृ निकायले गरेका कामकाे संयुक्त अनुगमन गरिएको छ।

प्लान इन्टरनेशनल नेपाल र स्याक नेपालले त्रिपुरा माध्यमिक विद्यालय काटियाचाैर र त्रिपुराकाेट माध्यमिक विद्यालय मद्दुमा गरेका सहयोगका कामहरुकाे संयुक्त अनुगमन गरिएको हो।

शुक्रबार जिल्ला समन्वय समिति प्रमुख श्याम राेकाय, प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारी, शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि सिर्जना केसी, त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लालप्रसाद पाेख्रेल, शिक्षा प्रमुख भिमबहादुर थापा,सञ्चारकर्मी लगायतको टाेलीले संयुक्त रुपमा अनुगमन गरेकाे हाे।

त्रिपुराकाेट माध्यमिक विद्यालय मद्दुमा प्लान इन्टरनेशनल नेपाल र स्याक नेपालले ई-लाइब्रेरी निर्माण,शाैचालय,धारा निमार्ण लगायतका काम गरेकाे छ।

त्रिपुराकाेट माध्यमिक विद्यालय मद्दु र त्रिपुरा माध्यमिक विद्यालय त्रिपुराकाेटमा अनुगमन गर्दै समन्वय प्रमुख राेकायले दातृ निकायले राम्रो काम गरेकाे गरेकाे बताए।

मद्दुमा अशक्त विद्यार्थीकालागि शाैचालयसम्म जान ह्विलचियरका लागि बनाइएको सल्याब भासिएकाले तत्काल काम गर्नका लागि दातृ निकायका प्रतिनिधिलाई प्रतिबद्धता समेत व्यक्त गराए।

अहिलेकाे शिक्षा वजारमा विक्नेहुनुपर्ने बताउनै जिल्लामा असमान रुपमा वितरण गरिएका शिक्षक दरवन्दी मिलान गरेर समान रुपमा वितरण गरिने समेत बताए।

समन्वय समितिकाे काम स्थानीय तह तथा विभिन्न निकायबिच समन्वय गराउने भएकाे प्रष्ट पार्दै आफ्नाे कार्यालयबाटहुन सक्ने कामकालागि आफू सधै तत्पर रहेको बताए।

त्रिपुरासुन्दरी नगरपालिकाकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद प्राेख्रेलले सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन सुरुगर्नुपर्ने बताए।

त्रिपुरासुन्दरी देवीकाे ठुलाे मन्दिर भएकाले गुरुकुल शिक्षाका लागि पनि स्थानीय सरकारले साेच्नुपर्ने बताए 

त्यसैगरी त्रिपुरासुन्दरी नगरपालिकाका शिक्षा प्रमुख भिमबहादुर थापाले जिल्लाका विशेष गरि माध्यमिक विद्यालयको दरबन्दी मिलान तथा जिल्ला स्थित कार्यालयले विद्यालयमा गर्ने भौतिक पूर्वाधार विकासको वितरण न्यायोचित गरेमा मात्र जिल्लामा शिक्षाको विकासमा सन्तुलन आउने बताए। 

भौतिक संरचना मात्रै विकास नभई कक्षा कोठाभित्रको विकास हुन जरुरी रहेको थापाले बताए।

मिलानकाे समस्या 

त्यसैगरि प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले प्लान इन्टरनेशनल नेपाल र स्याक नेपालले राम्रो काम गरेकाे पाइएको बताए।

यस्ता राम्रा कार्यक्रमहरु नगरभित्रका सम्पूर्ण विद्यालय लागु गर्नुपर्ने बताए। डाेल्पाका केही विद्यालयबाट जातका आधारमा विभेद गरेका घटनाहरु बाहिरिएकाले यस्ता निन्दनीय कार्य विद्यालयमा नगर्न निर्नेशन समेत दिए।

विद्यालयमा जातीय छुवाछूतका घटनाहरु हटाउनकालागि शिक्षककाे महत्त्वपूर्ण भुमिकाहुने समेत उनले बताए।

एउटा विद्यालय सशक्त बनाउन शिक्षक, विद्यार्थी, जनप्रतिनिधि,समुदाय,अभिभावक ,दातृ निकाय सहितको सर्वपक्षीय सम्बन्ध हुनुपर्ने उनले बताए।

प्लान इन्टरेनेशनल नेपाल परियोजना विज्ञ प्रेम चन्दले अब आउने परियाेनाहरुमा नगरका अन्य विद्यालय पनि समेट्न पहल गर्ने बताउँदै विद्यालयमा गर्दै सिक्दै कार्यक्रम विद्यालय लागू गर्नुपर्ने बताए।

संयुक्त अनुगमन कार्यक्रममा स्याक नेपालका प्रतिनिधि देव बुढाले विद्यालयकाे शैक्षिक गुणस्तर सुधारकालागि दातृ निकयाले पुलकाे रुपमा काम गरिरहेकाे बताए।

प्रकाशित मिति: : 2022-12-16 19:44:00

प्रतिकृया दिनुहोस्