एसियन हाइड्रोपावरकाे २७ माघदेखि आईपीओ खुल्ने

एसियन हाइड्रोपावरले २७ माघदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि उक्त आईपीओ निष्कासन गर्न लागेको हो। सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ कम्पनीले जारी गर्न लागेको हो।  

आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात् ८ लाख ४० हजार कित्ता सेयर यसकम्पनीले सर्वसाधारणका लागी छुट्याएको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ८४ हजार कित्ता सेयर निष्काशन गरिसकेको छ। साथै सामुहिक लगानी कोष ५ प्रतिशत अर्थात् ४२ हजार कित्ता र कर्मचारीहरुका लागी २ प्रतिशत अर्थात् १६ हजार ८ सय कित्ता छुट्याएको छ। 

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि लगानीकर्ताहरुले यसमा आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। 

सर्वसाधारणले ६ लाख ९७ हजार २ सय कित्ताका लागि आवेदन दिनसक्नेछन् भने २ फागुनसम्म यसमा आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा १२ फागुनसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ। यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ। 
 

प्रकाशित मिति: : 2023-01-31 13:46:00

प्रतिकृया दिनुहोस्