१६ मन्त्रालयका मन्त्री अर्थात् प्रधानमन्त्री प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन ताेडेसँगै रन्थनिएकाे नेकपा (एमाले) सरकारबाट बाहिरिएकाे छ। याे सँगै सरकार गठन भएकाे दुई महिनामै प्रचण्ड सरकारबाट तीन पार्टी बाहिरिएका छन्। छाेटाे समयमा नै राजनीतिक समीकरणमा आएकाे उथपुथलसँगै प्रचण्ड सरकारमा अब १६ मन्त्रालय खाली भएका छन्। यी सबै मन्त्रालयकाे जिम्मेवारी अब स्वत: प्रधानमन्त्री प्रचण्डकाे टाउकाे पुगेकाे छ।

यसअघि गृहमन्त्री नपाएकाे झाेँकमा रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पुरानाे गठबन्धन ब्युँतिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएका थिए। याे क्रमलाई निरन्तरता दिँदै एमाले पनि साेमबार सरकारबाट बाहिरिएकाे छ। प्रधानमन्त्रीकाे दबाबपछि सरकार छाड्न बाध्य भएकाे एमालेकाे दाबी छ।

‘हाम्रा मन्त्रीहरुले स्व:इच्छाले सरकार नछाडे विनाविभागिय मन्त्री बनाउने अभिव्यक्तिहरु उहाँ (प्रधानमन्त्री)ले गर्नु भइसकेपछि र सार्वजनिक रुपमा उहाँले सरकारमा एमालेकाे सहभागीताप्रति टिप्पणी गरेपछि हामीले याे सरकारमा रहिरन उचित हुने देखेनाैँ,’ सरकारबाट बाहिरिने निर्णय सुनाउँदै उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलले भने।

यसरी अर्थमन्त्री पाैडेलकाे नेतृत्वमा सरकारमा गएका परराष्ट्र मन्त्री डा. विमला (राई) पौडेल, रक्षा मन्त्री हरि उप्रेती, स्वास्थ्य मन्त्री पदम गिरी, महिला बालबालिका तथा समाज कल्याण मन्त्री भगवती चौधरी, कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्री पदबाट राजीनामा दिएका छन्।

अब प्रचण्ड सरकारलाई एमालेकाे समर्थन रहने छैन।

त्यस्तै यसअघि फागुन १३ गते राप्रपा सरकारलाई दिएकाे समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाे थियाे। पछिल्लाे समय देखिएकाे सत्ता परिवर्तनकाे प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानकाे संरचनामा निहित अस्थिरताकाे स्वभाविक चरित्र भएकाे ठहर गर्दै राप्रपा सरकारबाट बाहिरिएकाे थियाे।

पार्टी अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङदेनकाे नेतृत्वमा सरकारमा गएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धुव्रबहादुर प्रधान, सहरी विकासमन्त्री विक्रम पाण्डे, ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले राजीनाम दिएका थिए।

त्यसैगरी पार्टी सभापति रवि लामिछाने गृह मन्त्रालय नपाएकाे झाेंकमा रास्वपाले गत माघ २२ गते सरकारबाट बाहिरिएकाे थियाे। रास्वपाका सभापति लामिछाने नागरिकता विवादका पदच्युत भएका थिए भने बाँकी एक राज्यमन्त्रीसहित तीन मन्त्रीले राजीनामा दिएका थिए। रास्वपाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य राज्यमन्त्रालय त्यागेकाे थियाे।

यसरी प्रचण्ड सरकारमा एमालेले पाएका ८, रास्वपाले पाएका ३, राप्रपाले पाएका ३ र नियुक्ति नै नगरिएका २ (युवा तथा खेलकुद र वन तथा वातावरण) गरी कुल १६ मन्त्रालय रिक्त भएका छन्। अब यी सबै मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री गएकाे छ।

यसरी मन्त्रालयहरु खाली हुँदै जाँदा देश संकटमा फसेकाे एमाले नेता एवम् प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले प्रतिक्रिया दिएका छन्। ‘आज पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेकाे छ। प्रचण्डले गर्दा देश संकटमा जाने भयो। यसले बाहिर नकारात्मक सन्देश जान्छ,’ उनले भने।

यद्यपी, सत्त पक्षीय नेताहरुले भने याे क्रममा सरकारकाे स्थायित्वकाे लागि भएकाे दाबी गरेका छन्। एमाले पनि सरकारबाट बाहिरिएपछि अब तत्काल सरकार विस्तार हुने र सरकारका गतिविधिहरु सूचारु हुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

याे सँगै नयाँ सत्ता गठबन्धनमा रहेका पार्टीहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लाेकतान्त्रीक समाजवादी पार्टी (लाेसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र राष्ट्रिय जनमाेर्चा मिलेर मन्त्रीमण्डल बिस्तार हुनेछ।

हालसम्म प्रचण्डलाई विश्वासकाे मत दिएका दुई पार्टी एमाले र राप्रपाले मात्रै समर्थन फिर्ता लिएका छन्। रास्वपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएकाे समर्थन भने फिर्ता लिएकाे छैन।

प्रकाशित मिति: : 2023-02-27 19:44:00

प्रतिकृया दिनुहोस्