ए डिभिजन लिग: हिमालयन शेर्पा क्लबसँग नेपाल पुलिस क्लब पराजित

photo : anfa
photo : anfa

'सहिद स्मारक ए डिभिजन लिग' अन्तर्गत दोस्रो चरणको खेलमा हिमालयन शेर्पा क्लबलले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।

बुधबार दशरथ रगंशालमा भएको खेलमा हिमालयन शेर्पा क्लबलले पुलिस क्लबलाई १: ० ले पराजय गरेको हो। हिमालयन शेर्पाको जितका लागि इन्ज्युरी समयमा अमृत श्रेष्ठले गोल गरेका थिए।

उक्त खेलको पहिलो हाफ भने गोलरहित भएको थियो। यता, आजै च्यासल फुटबल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लबले एपीएफ क्लबलाई १-० गोल अन्तरले हराउँदै सातदोबाटोले लगातार दोस्रो जित निकालेको हो।

आजै दशरथ रगंशालमा हुने अर्का खेलमा  मनाङ मस्र्याङदी क्लब र संकटा क्लब खेल्नेछन्। खेल ५: ३० बजेबाट सुरु हुँदै छ। 

प्रकाशित मिति: : 2023-03-08 17:14:00

प्रतिकृया दिनुहोस्