एसीसी प्रिमियर कप: नेपालको पहिलो खेल मलेसियासँग

एसियन क्रिकेट काउन्सिल(एसीसी)ले आगामी अप्रिल १८ देखि मे २ सम्म नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको खेल तालिका सार्वजानिक गरेको छ।

बिहिबार (एसीसी) ले  खेल तालिका सार्वजानिक गरेको हो। खेल तालिका अनुसार नेपालले आफनो पहिलो खेल मलेसियासँग खेल्ने भएको छ। अप्रिल ११ देखि सुरु हुने प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा आयोजना हुनेछन्।

नेपालमा आयोजना हुने यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। समूह समूह ए मा नेपाल र ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन् भने, समूह यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

उद्घाटन खेल नेपाल र मलेसियाबीच त्रिवि क्रिकेट मैदानमा आयोजना हुनेछ।

प्रकाशित मिति: : 2023-03-23 16:52:00

प्रतिकृया दिनुहोस्