डाेल्पामा ड्युटीमा खटिएका प्रहरी हवल्दार भेरीमा खसेर बेपत्ता

हिमाली जिल्ला डाेल्पामा ड्युटीमा खटिएका वरिष्ठ प्रहरी हवल्दार बेपत्ता भएका छन्।

इलाका प्रहरी कार्यालय काइगउँमा कार्यरत दैलेखकाे नाैमुले गाउँपालिका घर भएका ४१ वर्षीय हवल्दार जाेशिराम रेग्मी काईगउँ खाेलामा खसेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाले जनाएको छ।

मुड्केचुला गाउँपालिका वडा नं १ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साँझ पाैने ६ बजेकाे समयमा बेपत्ता भएको र खाेजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।

बेपत्ता जाेशी नियमित गस्तीका लागि खटिएको र खाेजतलास गर्दा उनले बाेकेकाे झाेला भेटिएको प्रहरीले जनाएको छ।

प्रहरी नायव निरीक्षककाे नेतृत्वमा प्रहरीकाे टाेली घटनास्थल खटिएकाे बताइएको छ।

प्रकाशित मिति: : 2023-03-31 09:41:00

प्रतिकृया दिनुहोस्