आगामी आर्थिक वर्षका लागि याेजना तर्जुमा गर्न सांसद शाही निर्वाचन क्षेत्रमा 

कर्णाली प्रदेशसभा सदस्य विरबहादुर शाही आफ्नाे निर्वाचन क्षेत्रमा पुगेका छन्।

जनताका समस्या, अघिल्लो आर्थिक वर्षमा भएका विकास याेजनाकाे अनुगमन र आगामी आर्थिक वर्षका लागि नयाँ याेजना तर्जुका लागि शाही निर्वाचन क्षेत्रमा पुगेका हुन्।

छिमेकी जिल्ला जुम्ला हुँदै जगदुल्ला गाउँपालिकामा पुगेका शाहीले मंगलबार जगदुल्लामा मतदातालाई धन्यवाद दिनेलगायत बृहत् सर्वसाधारण जनतासँग अन्तरक्रिया गरेका छन्।

देशमा सिर्जित राजनीतिक फेरबदलका कारण सुर्खेत र काठमाडौँमै व्यस्त भएका कारण चुनावमा भारी मत दिएर जिताउने जनतालाई धन्यवाद दिनसमेत नपाएकाले आज जगदुल्लाबाट कार्यक्रम सुरु गरेकाे सांसद शाहीले बताए।

त्यतिमात्र नभई व्यक्तिगत रुपमा याेजना माग्ने परिपाटीको अन्त्य गर्न तिर लागेकाले आगामी आर्थिक वर्षका लागि नयाँ याेजना तर्जुमाका विषयमा छलफल समेत गर्न निर्वाचन क्षेत्रमा पुगेकाे उनकाे भनाई छ।

'अरुले सिफारिसमा गरेका याेजनामा बजेट हालिदैन्,सम्बन्धित जनताबाट वा जिल्ला स्थित पार्टीले निर्णय गरेपछिमात्र याेजना दिन्छु, अझ त आफै स्थलगत अनुगमन गरेर जनताका वास्तविक समस्या पहिचान याेजना दियाे जनताका आवश्यकता समेटिन्छन्', उनले भने।

'त्यतिमात्र नभई आफ्नाे पहलबाट र निर्वाचन क्षेत्र विकास काेषबाट परेका याेजनाकाे प्रगति विवरण हेर्न पनि पटक पटक निर्वाचन क्षेत्र पुग्छु', उनले थपे। जगदुल्लाबाट सुरु भएको कार्यक्रम सम्पूर्ण निर्वाचन क्षेत्रका गाउँ र जनतासँग गर्ने उनकाे भनाई छ।

प्रकाशित मिति: : 2023-04-04 15:03:00

प्रतिकृया दिनुहोस्