मंगलबारदेखि काठमाडाैँमा सुरु हुने एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय टाेलीकाे घाेषणा गरिएकाे छ। आइतबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएकाे हाे।
नेपालले उद्घाटन खेलमा त्रिवि मैदानमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।
नेपालसहित समूह ‘ए’मा कतार, ओमन, मलेसिया र साउदी अरेबिया छन। भने, समूह ‘बि’मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।
यस्ताे छ नेपाली टाेली:
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी।