फिफा यू-२० विश्वकपकाे खेल तालिका सार्वजनिक

आगामी महिना अर्जेन्टिनामा हुने फिफा यू-२० विश्वकपको ‘ड्र’ सार्वजनिक भएको छ। फिफाले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो।

उद्घाटन खेलमा आयोजक राष्ट्र अर्जेन्टिना र उज्वेकिस्तान खेलेपछि विश्वकपको सुरुवात हुनेछ। समूह 'ए' मा आयोजक राष्ट्र अर्जेन्टिनासहित उज्वेकिस्तान, गुवाटेमाला र न्युजिल्याण्ड रहेका छन्।

समूह 'बी' मा अमेरिका, इक्वेडर, फिजी र स्लोभाकिया छन्। त्यस्तै, समूह 'सी' मा सेनेगल, जापान, इजरायल र कोलम्बिया छन्, समूह 'डी' मा इटाली  ब्राजिल, नाइजेरिया र डोमिनिकन रिपब्लिक छन् भने समूह 'इ' मा  उरुग्वे, इराक, इंग्ल्याण्ड र ट्युनिसिया रहेका छन्। समूह 'एफ' मा भने फ्रान्स, कोरिया रिपब्लिक, द गाम्बिया तथा होन्डुसबीच प्रतिस्पर्धा हुनेछ।

अर्जेन्टिनामा यू-२० फिफा विश्वकपको छ पटको विजेता हो।

प्रकाशित मिति: : 2023-04-22 11:57:00

प्रतिकृया दिनुहोस्