आज एसीसी प्रिमियर कपअन्तर्गत दुई खेल हुँदै

File Photo
File Photo

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत आज दुई खेल हुँदैछ।

आज बिहान ९ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा संयुक्त इमिरेटस अरब (युएइ) र सिंगापुरबीच खेल हुनेछ भने, मूलपानी क्रिकेट मैदानमा ओमन र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ। 

यसअघिका दुई खेलहरू मध्य युएईले एक खेलमा पराजित र अर्का खेलमा पराजय भइकाे थियाे। युएईले आफ्नो पहिलो खेल गत वैशाख ६ गते कुवेतसंग खेलेको थियो, जहाँ यूएईले कुवतेलाई १ सय ४३ रनले पराजित गरेको थियो।

त्यस्तै शुक्रबार भएको खेलमा युएई हङकङसंग डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले पराजित भएको थियो। त्यस्तै, सिंगापुरले गत वैशाख ७ गते आफ्नो पहिलो खेल बहराइनसंग खेलेको थियो जहाँ सिंगापुर बहराइनसँग १ सय ३२ रनले पराजित भएको थियो। सिंगापुरले आफ्नो दोस्रो खेल आज युएइसँग खेल्न लागेको हो। 

यता, ओमनले आफ्नो पहिलो खेल गत वैशाख ६ गते कतारसंग खेलेको थियो, जहाँ ओमनले कतारलाई ४० रनले हराउँदै विजय हासिल गरेकाे थियाे। ओमनको दोस्रो खेल शुक्रबार नेपालसँग भएकाे थियाे र ओमन आफ्नो दोस्राे खेलमा नेपालसंग ८४ रनले पराजित भएकाे थियाे।

मलेसियाले आफ्नो पहिलो खेल वैशाख ५ गते आयोजक नेपालसँग खेलेको थियो, जहाँ मलेसिया नेपालसंग ६ विकेटले पराजित भएको थियो। मलेसियाले आफ्नो दोस्रो खेल वैशाख ७ गते साउदी अरबसंग खेलेको थियो, जहाँ साउदीलाई ८ विकेटले पराजित गरेर आफ्नो दोस्रो जित हात पारेको हाे। 

वैशाख १८ गतेसम्म चल्ने प्रतियोगीतमा दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल खेल्ने छन् र सेमिफाइनल जित्ने दुई टोलीले उपाधिको लागि वैशाख १८ गते त्रिवि मैदानमा प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसियन कपको लागि छनोट हुनेछ। त्यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपको लागि छनोट हुने छन्।

प्रकाशित मिति: : 2023-04-23 07:15:00

प्रतिकृया दिनुहोस्