अनुसन्धान, नवप्रवर्तन र आविष्कारकाे नीति माग्दै माइतीघरमा महावीर पुनकाे धर्ना (तस्बिरहरू)

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीपुर पुन अनुसन्धान, नवप्रवर्तन र आविष्कारकाे सरकारले नीति बनाउनुपर्ने माग राखेर काठमाडाैँमा धर्ना बसेका छन्। पुन विभिन्न युवाकाे सथा शुक्रबार बिहान माइतीघर मण्डालमा धर्ना बसेका हुन्।

पुनले यसअघि यस विषयमा ध्यानाकषर्णा गराउन प्रधानमन्त्री लगायत सम्बन्धित मन्त्रीहरुसँग भेटेका थिए।

युवा प्रतिभालाई विदेश पलायन हुनबाट राेक्न सरकारले हरेक बजेटमा अनुसन्धान र आविष्कारकाे लागि नीति बनाएर १ प्रतिशत बजेट छुट्याउनुपर्ने पुनकाे माग छ।

प्रकाशित मिति: : 2023-04-28 09:36:00

प्रतिकृया दिनुहोस्