एसीसी प्रिमियर कपकाे फाइनलमा पुग्न कुवेतसँग भिड्दै नेपाल

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र कुवेतबीचकाे खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुँदैछ।

नेपाल समूह ए काे विजेता भन्दै सेमिफाइनलमा पुगेकाे हाे भने कुवेत समूह बि काे उपविजेता टाेली हाे। नेपाल र कुवेत ११ वर्षपछि आमनेसामने हुन लागेका हुन्।

जारी खेलमा प्रतियाेगीतामा नेपाल अपराजित टाेली हाे भने कुवेतले ४ खेलमा १ हार व्यहाेरेकाे छ।

दुबै टाेली फाइनलमा पुग्ने लक्ष्यसहित खेल्ने छन्।

फाइनल खेल आगामी वैशाख १८ गते त्रिवि क्रिकेट मैदानमा हुनेछ। यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

त्यस्तै शीर्ष तीन टोलीले आगमी जुनमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन्।

नेपालको सम्भावित प्लेइङ- ११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललितनारायण राजवंशी।

प्रकाशित मिति: : 2023-04-29 06:18:00

प्रतिकृया दिनुहोस्