ए डिभिजन लिग: चर्च ब्वाइज युनाइटेडसँग मनाङ पराजित

काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब चर्च ब्वाइज युनाइटेडसँग पराजित भएको छ।

आईतबार एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङ चर्च ब्वाइजसँग ३-० ले पराजय भएको हो। चर्च ब्वाइजका लागि खेलको ४१औँ मिनेटमा कप्तान अनन्त तामाङले सुशिल शाहको क्रसमा हेडर मार्फत गोल गरेर चर्च ब्वाइजलाई अग्रता दिलाए। 

त्यस्तै, खेलको ५५औँ मिनेटमा मौसम सुब्बाले गोल गरेर चर्च ब्वाइजलाई २-० को अग्रता दिलाए। त्यस्तै, खेलको इन्जुरी समयमा मिलन राईको पासमा साईमन लिम्बूले गाेल गरेर चर्च ब्वाइजलाई  सफलता दिलाए।

यो जितसँगै चर्च ब्वाइज युनाईटेड २१ अंक जोडेर खेल तालिकाको पाँचौ स्थानमा छ।

प्रकाशित मिति: : 2023-04-30 18:04:00

प्रतिकृया दिनुहोस्