भृकुटी डाेजाेका आयुश थापा र अरनिकाे माध्यमिक विद्यालयकी विना तामाङ प्रथम मेयर कप खुला कराते च्याम्पियनसिपमा सर्वाेत्कृष्ट खेलाडी बनेका छन्।
काठमाडौंमा आयाेजित दुई दिने प्रतियाेगितामा पुरुषतर्फ ४० केजीमूनि ताैल समूहकाे फाइनलमा आयुशले बालवाटिका डाेजाेका साेहन तामाङलाई पराजित गरे। याे प्रतिस्पर्धामा ताेयाेकान वादाेरियाेका निशान तामाङ र सरस्वती डाेजाेकी राेशन राईले कांस्य जिते।
महिलातर्फ विनुले २५ केजीमूनि ताैल समूहकाे फाइनलमा आफ्नै विद्यालयकी झरना घतानीलाई हराएर स्वर्ण जितिन्। ताेयाेकान नेपाल वादोरियोकी अनिस्या केसी र भृकुटी डाेजाेकी प्रसन्ध्या कार्कीले कांस्य जिते।
प्रतियाेगितामा भृकुटी डाेजाे टिम च्याम्पियनसमेत बनेकाे छ। उसले ७ स्वर्ण, २ रजत र ७ कांस्य जित्याे। च्याम्पियन मार्शल आर्टले ४ स्वर्ण, ३ रजत र १ कांस्यसहित दाेस्राे हुँदा ३ स्वर्ण र २ कांस्य जितेकाे थैव डाेजाे तेस्राे भयाे।
काठमाडौकाे मनासलु वर्ल्ड स्कुलमा आयाेजित प्रतियाेगितामा ३० डाेजाे र केहि जिल्लासमेत गरी ३६५ खेलाडीकाे सहभागिता थियो। महिला र पुरुष दुवै विधामा ८ ताैलसमूह, खुला र काता गरी १०-१० स्वर्णका लागि प्रतिस्पर्धा भएकाे हाे।
काठमाडौं महानगरपालिकाकाे प्रायाेजनमा नेपाल गाेजुरियाे कराते संघकाे आयाेजनामा सम्पन्न प्रतियाेगिताकाे पुरुषतर्फ २५ केजीमूनि ताैलसमूहमा भृकुटी डाेजाेका आयुश अधिकारी, ३० केजीमूनि ताैलसमूहमा भृकुटीकै अरुश सिंखडा, ३५ केजीमूनि ताैलसमूहमा थैवका आशिष तामाङ, ४० केजीमूनि ताैलसमूहमा भृकुटीकै आयुश थापाले स्वर्ण जिते।
त्यस्तै ४५ केजीमूनि ताैलसमूहमा च्याम्पियन मार्शल आर्टका दिवश ढकाल, ५० केजीमूनि ताैलसमूहमा वालवालिका डाेजाेका बुद्ध माेक्तान, ५५ केजीमूनि ताैलसमूहमा भृकुटी डाेजाेका निशान घले र ६० केजीमूनि ताैलसमूहमा नेपाल हायासी हा का लिजन साउदले स्वर्ण पदक जिते।
पुरुषकै खुलातर्फ च्याम्पियन मार्शल आर्टका राजीव खड्काले आफ्नै डाेजाेका अनिल बरामलाई पराजित गरी स्वर्ण जिते। वालवालिका डाेजाेका अमिर श्रेष्ठ र सरस्वती दोजोका आशिष सेन्चुरीले कांस्य जिते।
कातातर्फ थैव डाेजाेका अन्जन एस्माली मगरले स्वर्ण पदक जिते। मनास्लु वर्ल्ड स्कुलका राजन खत्रीले रजत तथा भृकुटी डाेजाेका वाङचुक शेर्पा र नेपाल हायासी हा का कृष्ण ऐडीले कांस्य जिते।
महिलातर्फ २५ केजीमूनि ताैलसमूहमा अरनिकनाे स्कुलकी विना तामाङ, ३० केजीमूनि ताैलसमूहमा थैव डाेजाेकी जमुना घर्तीमगर, ३५ केजीमूनि ताैलसमूहमा भृकुटी डाेजाेकी एलिशा गुरुङ, ४० केजीमूनि ताैलसमूहमा वालवालिका डाेजाेकी सुनिता तामाङले स्वर्ण पदक जितिन्।
४५ केजीमूनि ताैलसमूहमा च्याम्पियन मार्शल आर्टकी काजल विष्ट, ५० केजीमूनि ताैलसमूहमा सरस्वती डाेजाेकी शर्मिला वाइबा, ५५ केजीमूनि ताैलसमूहमा च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ र ६० केजीमा भृकुटी डाेजाेकी सन्ध्या खनालले स्वर्ण पदक जिते।
खुलातर्फ वालवालिका डाेजाेकी आरती राइले फाइनलमा कालिका सदनकी सविना तामाङलाई हराएर स्वर्ण जितिन्।
कातातर्फ भृकुटी डाेजाेकी सुनिता तामाङले स्वर्ण जित्दा नेपाल हायासी हा डाेजाेकी निरुता श्रेष्ठले रजत जितिन्। नागादेस डाेजाेकी मिस्टी श्रेष्ठ र नेपाल हायनसी हा की पूर्णिमा रानामगरले कांस्य जिते।
विजयी खेलाडी तथा टिमलाई काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल लगायतले पुरस्कार वितरण गरे।