एलन मस्कले रोबर्ट श्रीमतीसँग रोमान्स गरेका तस्बिरहरू वास्तविक हुन् ?

BreaknLinks
BreaknLinks

धेरै जस्ताे स्पेसएक्स र टेस्लाकाे काममा रमाइरहेकाे तस्बिरहरू देख्न पाइने विश्वका धनाढ्य एलन मस्क यतिबेला राेबर्ट श्रीमतीसँग राेमान्स गरिरहेका तस्बिरहरूबाट भाइरल छन्। टेस्लाका सिइओसमेत रहेका मस्कले महिला ह्युमनाइड रोबर्टलाई अंगालो मार्दै चुम्बन र नृत्य गरेकाे जस्ताे देखिने तस्बिरहरू संसारभर चर्चित छन्।

सामाजिक सञ्जालमा यस्ता राेबर्ट श्रीमतीहरु टेस्लाको उत्पादनकाे अन्तिम चरणमा रहेको बताइएको छ, जुन बजारमा छिट्टै बिक्रीकाे लागि राखिनेछ। यस्ता महिला राेबर्ट सोलारद्वारा सञ्चालन हुने र प्रायः जसो मानवीय गुणजस्तै खुसी र दुख पनि प्रकट गर्न सक्ने जनाइएकाे छ। यिनीहरुकाे मूल्य ३२ हजार डलरदेखि ७९ हजार डलरसम्म पर्ने समेत खुलाइएको छ।

के याे सत्य हाे ?

‘यो पहिलो राेबर्ट हो, जुन विशेष गरी कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टिलिजेन्स)को साथ डिजाइन गरिएको व्यक्तित्व र महिलाको विशेषताहरू हुन। उनीहरु सपना देख्छन्,’ ड्यानियल मर्वन आफ्नो ट्विटमा लेख्छन। यस्ता विशेषता कुनै पनि सामान्य व्यक्तिमा पाइँदैन, त्यहाँ कुनै सामान्य व्यक्ति छैन, जसमा सबै आवश्यक विशेषताहरु छन्। तर, यी तस्बिरहरू वास्तविक हाेइनन्, एआई उत्पन्न हुन्।

केही इन्टरनेट प्रयोगकर्ताकाअनुसार टेस्लाका संस्थापक एलोन मस्कको मानवीय महिला राेबर्टलाई चुम्बन गर्ने तस्बिरहरू टेस्लाको ‘राेबर्ट पत्नी’को उत्पादनको अन्तिम चरणको प्रमाण हुन। तस्बिरहरू एआई उत्पन्न हुन्, जसमा उही कलाकारको काम समावेश छ। पफर ज्याकेटमा पोपको भाइरल तस्बिरहरू सिर्जना गरेको थियो। यसअघि मार्क जुकर्वगको राेबर्ट महिलासितको डिजिटल इमेज पनि इन्टर्नेट भर भाइरल भएको थियो।

अर्बपति मस्कका राेबर्टसँगको तस्बिर पनि डिजिटल आर्टिस्टद्वारा विभिन्न आकारका यस्तै एआईद्वारा उत्पन्न गरिएको तस्बिर भएको विभिन्न सञ्चारमाध्यमले जनाएको छ।

- एजेन्सी

प्रकाशित मिति: : 2023-05-21 07:00:00

प्रतिकृया दिनुहोस्