हेराक्लिटसले लेखे- एउटै नदी कसैले दुईपटक तर्न सक्दैन, साेध्न मन थियाे हामीले दर्जनपटक पार गरेको भेरी एउटै थिएन ?

शिलापत्र

राेहेज खतिवडा

एक जना ग्रीक दार्शनिक हेराक्लिटसले भनेका रहेछन्, 'नो म्यान क्यान क्रस द सेम रिभर ट्वाइस' अर्थात् एउटै नदी कसैले पनि दुईपटक तर्न सक्दैन । 

गौतम बुद्धले भने- नदीबाट सिक ।

यी दुवैलाई जोड्दै रजनीश ओशो भन्छन्- हेराक्लिटस र बुद्धले भनेको कुरा एउटै हो ।

मस्त अँध्यारो छ । सडकवारिपारि घरहरूमा बलेका बिजुलीबत्ती बेलामौकामा आकाशमा चम्किएका ताराजस्तै देखिन्छन् । बस बेतोड गतिमा दौडिएको छ ।  म सडकको छेउपट्टि पर्ने झ्यालमा बसेको छु । सिसा बन्द गरे पनि कुनाकाप्चाबाट छिरेको चिसो बतासले नेपालगञ्जको गर्मी बिर्साइसकेको छ ।

प्रकाशित मिति: : 2023-06-28 10:33:00

प्रतिकृया दिनुहोस्