डाेल्पाकाे त्रिपुराकाेटमा रहेकाे नमस्ते सेवाकाे टावर सञ्चालनमा 

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका रहेकाे नमस्ते सेवाकाे फाेरजी टावर सञ्चालनमा आएको छ।

लामाे  समयदेखि निर्माणाधीन नेपाल टेलिकमकाे टावर बिहिवारदेखि सञ्चालनमा आएकाे नगरपालिकाका प्रमुख जनचन्द्र राेकायले जानकारी दिए।

अहिले फोन सेवा मात्र सुचारु भएको र भोलिदेखि फोरजी इन्टरनेट सेवा सुचारु हुने उनले बताए। टावर सञ्चालनका लागि निरन्तरता गरेपछि बल्ल सञ्चालनमा आएको नगरप्रमुख राेकायकाे भनाई छ।

उक्त टावर स्थापना कर्णाली प्रदेश सभा सदस्य तगा पूर्व उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बिरबहादुर शाहीकाे पहलमा भएको हाे।

आफ्नाे निर्वाचन क्षेत्र त्यसमा पनि नगर क्षेत्रमानै फाेन सेवाकाे असुविधा भएपछि केन्द्रमा निरन्तर पहल गरेर नगरपालिकाकाे त्रिपुराकाेट र दापुमा टावर स्थापना गर्न सफल भएको सांसद शाहीले बताए।

त्रिपुराकाेटमा रहेकाे टावर सञ्चालनमा आएपनि दापुमा रहेकाे टावर भने सञ्चालनमा आउन सकेकाे छैन।

यता नेपाल टेलिकम बबरमहल कार्यालयका उप प्रवन्धक प्रेम क्षेत्रीका अनुसार फाेरजी सेवा सञ्चालन गर्न आवश्यक केबल तार नपुगेकै कारण आज इन्टरनेट सेवा सञ्चालनमा आउन नसकेकाे र भाेलि जहाजबाट पुर्याएर भाेलिनै इन्टरनेट सेवा सञ्चालनमा आउने छ। यस लगत्तै अर्काे दापुमा रहेकाे टावर सञ्चालनमा लाग्नुपर्ने क्षेत्रीकाे भनाइ छ।

प्रकाशित मिति: : 2023-06-29 20:11:00

प्रतिकृया दिनुहोस्