गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको कोषाध्यक्ष पदमा गुल्मीका बुद्ध पाण्डेले उम्मेद्वारी दिने भएका छ्न्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगामी कार्यकाल २०२३-२०२५ को लागि कोषाध्यक्षमा पदमा उम्मेद्वारी दिन लागेको बताएका हुन्।
मुसीकोट नगरपालिका- ९ का उनी सामाजिक क्षेत्रमा क्रियाशील छन्। हाल गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक उनी लुम्बिनी प्रदेश समन्वय परिषद कतारका वर्तमान अध्यक्ष हुन्। वि.स २००५ सालमा दोहा आएका उनी २००७ देखि निरन्तर समाज सेवामा समर्पित छन्।
कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेका उनले सामान्य मजदुरबाट सामाजिक यात्रा सुरु गरेको बताए। विगतमा आफू मजदुर भएकै कारण अगामी दिनहरुमा श्रमिकहरुको हक, हितका लागि लड्ने उनको संकल्प छ।
श्रमिकहरुका माग र मायाबाट प्रेरित भएर आफूले आगामी २३-२५ कार्यकालको लागि गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारको कोषाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको उनले बताए।
करिब दुई दशकदेखि सामाजिक कार्यमा सक्रिय रहेको आफूलाई भारी मतले जिताउन आफ्नो शुभचिन्तकलगायत सहकर्मीहरुसँग उनले आग्रह गरेका छन्।