वर्षाले बर्बाद भारतीय राज्यहरू, बाढीपहिरोमा परी ५६ जनाको मृत्यु

उत्तर–भारतका अधिकांश राज्यहरूमा ‘बर्खे–झरी’ले आतंक मच्चाइरहेको छ। दिल्ली, उत्तराखण्ड, हिमाचल र पञ्जाब राज्यमा वर्षासँगै आएको ‘बाढी–पहिरो’मा परी ५६ जनाले ज्यान गुमाएका छन्।

पहिरोले घर भत्काउँदा पहाडी भेगमा त्रास फैलिएको छ भने तराईका बस्तीहरू डुबानमा छन्। वर्षाले हिमाचलको मनालीमा ५२ वर्ष पुरानो रेकर्ड तोडेको छ।

सोलनमा ९ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको छ। हिमाञ्चलका धेरै नदी र नहरहरू खतराको चिन्हभन्दा माथि छन्। दुई ठाउँमा बाद फुटेको छ।

हिमाञ्चलमा ४६ घर भत्किएका छन्। पञ्जाबको सतलज दरिया नजिकैका १५ देखि २० वटा गाउँ खाली गराइएको छ। त्यस्तै, लेह–लद्दाखमा भारी वर्षाका कारण ४५० वर्ष पुरानो घर भत्किएको छ। हिमाचलको कुल्लूमा ब्याससँगै पार्वती र तीर्थन नदीमा पनि बाढी आएको छ।

राज्यका विभिन्न स्थानमा पानीको बहावका कारण ६० वटा सवारी साधन बगाएको छ। त्यस्तै, कुल्लूको कसोलमा ६ वटा गाडी बाढीले बगाएको छ। अहिले जताततै बाढीको वर्षा छ। यसपालिको बर्खे–झरीले दिल्लीमा ४१ वर्ष पुरानो रेकर्ड तोडेको छ।

गुरुग्रामका सडकहरू नदीमा परिणत भएका छन्। यमुना नदीको पानीको सतह बढ्दै गएको भन्दै चेतावनी जारी गरिएको छ।

प्रकाशित मिति: : 2023-07-10 14:40:00

प्रतिकृया दिनुहोस्