सुर्खेतमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

File Photo
File Photo

सुर्खेतमा ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–३ मुलपानी चोकबाट लागुऔषध ब्राउन सुगरसहित वीरेन्द्रनगर नगरपालिका-३ का ३१ वर्षीय विवेक गिरी र सोही ठाउँकी १७ वर्षीया रोशनी वली पक्राउ परेका हुन्।

उनीहरूलाई प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको प्रहरी टोलीले भुरेलीबाट मुलपानी चोकसम्म भे ९ प ३६५ नम्बरको स्कुटिमा आएको बेला पक्राउ गरेको हो।

उनीहरूबाट खैरो धुलो पदार्थ नापतौल नगरेको लागुऔषध ब्राउन सुगर अर्का व्यक्तिलाई लिने क्रममा बरामद गरिएको हो। दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर शाहीले बताए।

यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ राधाकृष्ण मन्दिर नजिकैबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

त्यहाँबाट पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-५ का २७ वर्षीय अम्मर विक, सरस्वती टोलका २२ वर्षीय राजन केसी र वडा नं ६ सम्रिक टोलका ३२ वर्षीय ढकेन्द्र विक रहेका छन्।

उनीहरूलाई शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी उनीहरूको शरीर तलासी गर्दा शुद्ध २ सय ८० ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको थियो। उनीहरूलाई पनि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2023-07-10 16:48:00

प्रतिकृया दिनुहोस्