मनाङ एयर हेलिकप्टर दुर्घटना: सबै शव काठमाडौं ल्याइयो

तस्बिर– कान्तिपुर
तस्बिर– कान्तिपुर

सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ।

अल्टीच्युड एयरको हेलिकप्टरमार्फत ६ वटै शव त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङसहित ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको थियो।

मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन्।


मनाङ एयर हेलिकप्टर दुर्घटना: यस्ताे छ दुर्घटनास्थल (तस्बिरहरू)

प्रकाशित मिति: : 2023-07-11 19:00:00

प्रतिकृया दिनुहोस्