ललिता निवास प्रकरण: समरजंग कम्पनीका सहलेखापाल पक्राउ

File Photo
File Photo

ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल पक्राउ परेका छन्।

प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पौडेललाई काठमाडौंस्थित चावहिलबाट पक्राउ गरेको हो।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेकाे आराेपमा उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

उक्त प्रकरणमा यसअघि सिआइवीले १४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

वि.सं. २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको ब्यूरोले पुनः अनुसन्धान थालेको हो।

प्रकाशित मिति: : 2023-07-12 17:35:00

प्रतिकृया दिनुहोस्