आजपा निकट आम बुद्धिजीवी मोर्चाको केन्द्रीय कमिटी विस्तार

आम जनता पार्टी (आजपा) निकटको आम बुद्धिजीवी मोर्चाको केन्द्रीय कमिटी विस्तार गरिएको छ।

नविन महतोको संयोजकतत्वमा ६७ सदस्यीय केन्द्रीय कमिटी बिस्तार गरिएको छ। बुधबार मोर्चाको बसेको बैठकले ईन्चार्जमा उदय चन्द्र प्रसाद सह इन्चार्ज शिवचन्द्र साह, सह संयोजक अनु महासेठ, डा. दामोदर त्रिपाठी, डा. शम्भु दास, सहमुघिन अंसारी रहेका छन्।

सदस्यमा प्रा. डा. मदन कुशवाहा, प्रा.रामविनय पाण्डे, डा. पप्पु जयसवाल , गजेन्द्र सिंह, ललन महतो, हरीकिशोर साह, राजेन्द्र साह रहेका छन्। यसैगरी रञ्जित पञ्जियार, मुकुन्द महतो, कल्याणी साह, रुदनारायण झा, महेश यादव, हुसेनी हवारी, प्रदीप दास, दिलीप राय यादव लगायतका रहेको संयोजक नविन महतोले जनाएका छन्।

आजपाको बसेको पदाधिकारी बैठकले पार्टी निकटका बिभिन्न भातृसंगठन एवं जनवर्गिय संगठनहरुलाई गठन गरेर पुर्णता दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आजपा निकटका संगठनहरुलाई पूर्णता दिने काम भईरहेको आजपा प्रवक्ता चन्द्रभुषण साहले बताए।

तपाइको प्रतिक्रिया

प्रकाशित मिति: : 2023-07-12 22:25:00

प्रतिकृया दिनुहोस्