कर्णाली स्पाेर्ट क्लबले काठमाडौंमा फुटसल प्रतियोगिता गर्दै

जुम्लाकाे कर्णाली स्पाेर्ट क्लबले काठमाडौंमा फुटसल प्रतियोगिता गर्ने भएकाे छ। 

जुम्ला रारा अल्ट्रा म्याराथन लगायत ठुला प्रतियोगिताकाे आयाेजना गर्दै आइरहेको  क्लबले काठमाडौंमा कर्णाली र सुदुपश्चिम प्रदेश स्तरीय फुटसल गर्न लागेकाे हाे।

फुटसल प्रतियोगिता असार ३० गते काठमाडौंमा हुने क्लबका आइटी अफिसर उमेश राेकायाले बताए। 

उनले भने, 'प्रतियोगितामामा प्रथम हुनेलाई ३० हजार नगद सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने द्वितीय हुनेलाई १५ हजार नगद सहित ट्रफी र मेडल प्रखान गरिनेछ।'

उनका अनुसार प्रतियोगिताकाे उद्घाटन नेपाल पुलिस क्लबकाे जुडाेकि काेच तथा ओलम्पियन देबु थापाले गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2023-07-13 20:33:00

प्रतिकृया दिनुहोस्