काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बस दासढुंगामा दुर्घटना, १९ जना घाइते

चितवनको भरतपुर महानगरपालिका–२९ दासढुंगामा काँकडभिट्टाबाट काठमाडौंतर्फ जादैँ गरेकाे बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१– ००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५:२० बजे आफैँ अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते भएका हुन्।

बस सडकबाट झण्डै १० मिटर तल रुखमा गएर अड्किएको छ। दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ। बस चालक पनि घाइते भएर उपचाररत छन्।

घाइतेहरुमध्ये स्वस्थ अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2023-07-14 07:29:00

प्रतिकृया दिनुहोस्