राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछानेले मिटरब्याजसम्बन्धी विधेयक संसदमा नल्याइएको भन्दै विरोध जनाएका छन्।
शुक्रबार प्रतिनिभिसभा बैठकमा बाेल्दै लामिछानेले मिटरब्याजसम्बन्धी अध्यादेश कसले रोकेको भन्दै प्रश्न गरेका छन्।
‘मिटरब्याजसम्बन्धी विधेयक जिरो लेवलमा गयो, यसलाई प्रतिस्थापन विधेयकबाट अगाडि बढाउन सकिन्थ्यो। त्यसका लागि चर्चा चल्यो तर प्रतिपक्षी बेन्चमा बसेकाहरु यसको विपक्षीमा छन् भन्ने भाष्य सिर्जना गर्न खोजियो। हामीमाथि भ्रम छर्न खोजियो,’ उनले भने, कार्यसूचीमा मिटरब्याजसम्बन्धी अध्यादेश किन आएन, मिटरब्याज पीडितहरूको विषय कहाँ पुग्यो? किन आजको सदनमा आएन। कसका कारणले रोकियो?’
लामिछानेले रास्वपा मिटरब्याज पीडितहरूको पक्षमा रहेको समेत बताए। उनले उक्त विधेयक सदनमा पुन: ल्याउन समेत आग्रह गरे।