नेपालमा ‘पार्टटाइम जब’ को सुरुवात गर्नुपर्छ: सोविता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले नेपालको अर्थतन्त्र सुधारको लागि नयाँ विकल्पहरुको खोजी गर्नुपर्ने बताएकी छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले विदेशी मुलुकहरुसँग हात फिँजाएर मात्रै देशको अर्थतन्त्र बलियो नहुने भन्दै नयाँ विकल्पको खोजी गर्नुपर्ने बताएकी हुन्।

नेपालको दिगो आर्थिक विकासको लागि नयाँ विकल्प खोज्नु पर्ने, अर्थतन्त्र चलायमान गर्नुपर्ने र श्रम प्रणालीमा सुधार गर्नुपर्ने बताइन्।

‘छिमेकी देशहरुसँग हात फिँजाएर मागेको सहयोगले अब देश चल्दैन,’ सांसद गौतमले भनिन्, ‘अब नेपालको दिगो आर्थिक वृद्धिको लागि हामीले आफ्नै देशभित्र भएका सम्भावनाहरुको खोजी सुरु गर्नुपर्छ, नेपालको अर्थतन्त्र चलायमान गराउनुपर्छ, नेपालमा आन्तरिक श्रमबजारका विकल्पमहरुको खोजी गर्नुपर्छ, नेपालमा पार्टटाइम जबको औपचारिक सुरुवात गर्नुपर्छ।’

उनले युवाहलाई उद्यमशीलता हुँदै समृद्धिको बाटोतर्फ लैजाने उनको विश्वास छ।

प्रकाशित मिति: : 2023-07-14 15:55:00

प्रतिकृया दिनुहोस्