ई–क्यानको शनिबार हुने निर्वाचनमा अध्यक्ष पदका लागि आफूलाई व्यवसायीहरू माझ ‘साझा’ उम्मेद्वार घोषणा गरेका देवीदास भट्टराईले मजवुत र समृद्ध ई–क्यान बनाउने आफ्नो अभियान कुनै विरोधीका कारण नरोकिने बताएका छन्।
आफू सबैको साझा र स्वतन्त्र उम्मेदवार भएको भन्दै उनले सबै व्यावसायिक मतदाताहरूले आफूलाई रोज्नेमा उनले विश्वास व्यक्त गरे।
व्यावसायिक हकअधिकार र सुरक्षाका लागि आफू सबै व्यवसायीहरूसँग हातेमालो गर्न तयार रहेको भन्दै उनले चुनावको नतिजा पनि आफ्नै पक्षमा आउने दाबी पनि गरे।
भट्टराई व्यावसायिक हितका लागि ई(क्यानका सदस्यहरूलाई तालिम तथा व्यवसायिक दक्षता अभिवृद्धि गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने, ई–क्यानका शाखाहरूको अधिकार थप गरी अझ व्यवस्थापन गर्ने, शिक्षामा वेदैशिक लगानीको विपक्षमा वकालत गर्ने, सरकारले व्यवसायीहरूका लागि ल्याउन खोजेको धरौटीको व्यवस्थालाई रोक्न र ई–क्यानलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउनेजस्ता मुद्दाहरू अघि सारेका छन्।
‘शैक्षिक परामर्श क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन निषेध गर्ने विषय नै व्यवसायीहरूको एकमात्र व्यावसायिक सुरक्षा भएकाले यसका निम्ती सबैसँग हातेमालो गर्न तत्पर छु’ उनले भने।