इक्यानको उपाध्यक्ष पदमा भिड्दै वाइवी पौडेल

नेपाल शैक्षिक परामर्श संघ इक्यानको आगामी निर्वाचनका लागि वाइवी पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

दुई दशकभन्दा लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय उनले स्वतन्त्र रुपमा उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका हुन्।

सेन्ट्रल कलेजका सञ्चालक पौडेलले इक्यानको निर्वाचन मिति सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरी प्रचारप्रसार गर्दै आएका छन्। 

उनले इक्यान निर्वाचनमा फरक फरक प्यानलहरु भएपनि आफू कुनै पनि प्यानलमा नरहेको प्रष्ट पारेका छन्।

व्यवसायीहरूलाई परिआउने नीतिगत तथा कानुनी अड्चन फुकाउन राज्यका सरोकारवाला निकायसँग निरन्तर समन्वयकारी भूमिका निर्वाह गर्न अग्रपंक्तिमा रहेर काम गर्ने उनले बताएका छन्।

शैक्षिक परामर्श व्यवसायमाथि राज्यले अनावश्यक धरौटीको व्यवस्था गर्ने त्रास देखाइरहेको अवस्थामा यसको शसक्त प्रतिवाद गर्न व्यवसायीक एकताको खातिर उपाध्यक्षमा उम्मदवारी दिन लागेको पौडेलेले बताएका छन्।

प्रकाशित मिति: : 2023-07-14 22:38:00

प्रतिकृया दिनुहोस्